image
image

निषेधाज्ञाको समयमा पशुपतिको जग्गामा बनाइएका अवैध संरचना भत्काइयो

काठमाडौं, १३, बिहीबार । कोरोना भाइरस महामारीका कारण निषेधाज्ञा भएको बेला पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा बनाइएको अवैध संरचना प्रहरीले भत्काएको छ । मंगलबार नेपाल प्रहरीले गोठाटारमा बनाइएको करिब २५ वटा टहरा भत्काएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

स्थानीयले रातारात कोषको जग्गा अतिक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृह मन्त्रालय र पशुपति क्षेत्र विकास कोषमा समेत सूचना दिएपछि प्रहरी लगाएर उक्त संरचना भत्काइएको हो ।जसमध्ये ६ वटा भवनमा विद्युत् जडान समेत गरिसकेकोले विद्युत प्राधिकरणलाई लाइन काट्न लगाएर भत्काउने तयारी गरिएको खतिवडाले जानकारी दिए ।

कागेश्वरी मनोहरा वडा नं ८ मा पर्ने सो जग्गामा पछिल्लो निषेधाज्ञामा अवैध संरचना बनाइएको वडाध्यक्ष श्रीकृष्ण प्रसाद चापागाईंले जानकारी दिए । ‘कोषको आग्रहमा प्रशासनले भत्काएको सो संरचना यही निषेधाज्ञाको समयमा बनाइएका हुन् । कोषको जग्गामा अवैध संरचना बनाइएको भन्दै यसको विरोध समेत हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।