निषेधाज्ञाका कारण ३६ लाख बढी मानिस बेरोजगार
काठमाडौं, १३, बिहीबार । विश्वभरी फैलिएको कोरोना भाइरस महामारीका कारण कयौँ मानिस बेरोजगारी भएका छन् । रोजगारका झन्डै आधा दर्जन क्षेत्रमा काम गर्दै आएका ३६ लाख ५० हजार मानिस अहिले बेरोजगार भएका छन् । कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन, यातायात, निर्माण, ब्यूटिपार्लर व्यवसाय, खुद्रा पसल, दैनिक ज्यालादारीमा काम गर्नेहरू अहिले कामविहीन बन्न पुगेका छन् ।
कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लगाएको १ महीना पुग्दै छ । यस अवधिमा वेरोजगार बन्नेको संख्या पनि बढ्दो क्रममा रहेको छ । यसरी बेरोजगार हुनेहरूका लागि तत्कालै सम्बोधन हुने खालका राहतहरू भने संघ, प्रदेश र स्थानीय तहबाट आउन नसकेको नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् ।
होटेल, यातायात, उद्योग प्रतिष्ठानलगायत १९ ओटा क्षेत्रमा रहेका विभिन्न ट्रेड युनियनबाट ६० जिल्लाका साथै नगरहरूमा सर्वेक्षण गरिएको थियो । सोही सर्वेक्षणअनुसार जिफन्टले पर्यटन ९होटेल, ट्राभललगायत० क्षेत्रमा ९ लाख, यातायात क्षेत्रमा कार्यरत झन्डै साढे ११ लाखमध्ये साढे ८ लाखले रोजगारी गुमाएका छन् ।यसैगरी निर्माण क्षेत्रका २५ लाख श्रमिकमध्ये ५० प्रतिशत बेरोजगार भएका छन् ।
मुलुकभर दैनिक भारी बोकेर बेलुकाको गुजारा गर्नेको संख्या ५० हजार रहेको र यी सबै अहिलेको अवस्थामा बेरोजगार रहेको जिफन्टले उल्लेख गरेको छ । यो समयमा ब्यूटिपार्लर क्षेत्र पनि अहिले पूर्ण रुपमा बन्द रहेको छ । यस क्षेत्रमा ३ लाख भन्दा बढी मानिस आबद्ध तथा रोजगार भए पनि अहिले यो व्यवसाय पनि ठप्प रहेको छ ।