image
image

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ संक्रमित, ३ हजार बढीको मृत्यु 

काठमाडौँ, १३, बिहीबार । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।

नयाँ संक्रमित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्रमितको संख्यामा भने गिरावट आएको छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्रमित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी पाइएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।