image
image

 रामदेवसँग १० अर्ब भारु क्षतिपूर्ति माग

काठमाडौँ । विवादित भारतका योगगुरु रामदेवसँग १० अर्ब भारु क्षतिपूर्ति माग गरिएको छ । उनले कोरोना भाइरसलाई जोडेर एलोपेथी र एलोपेथी डाक्टरहरुविरुद्ध अभिव्यक्ति दिएको विषयले विवादमा परेका हुन् ।


छ पृष्ठ लामो सूचनामा इन्डयन मेडिकल एशोशिएसन उत्तराखण्डले २ हजार एलोप्याथीका डाक्टरहरुको मानमर्दन गरेको उल्लेख गरेको छ । योगगुरुको अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै प्रत्येक डाक्टरलाई ५० लाख भारु बराबर २ हजारका लागि १० अर्ब भारु क्षतिपूर्ति माग्ने चेतावनी दिइएको हो ।



रामदेवले कोरोना भाइरस नीको पार्ने भन्दै उत्पादन गरेको कोरोनिल किट नामक औषधीबारे समेत प्रश्न उठाइएको छ । उनले यो औषधीको विज्ञापन गर्दै एलोपेथीको औषधी प्रयोग गर्दा लाखौं मानिस कोभिड १९ ले मृत्युवरण गर्न पुगेको अभिव्यक्ति दिएका थिए । भारतका स्वास्थ्यमन्त्री हर्षवद्र्धनले समेत यो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका थिए ।

  



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।