image
image

बढ्यो निर्यात, यी हुन् सर्वाधिक निर्यात हुने वस्तु

काठमाडौँ । नेपालमा पहिलो पटक वस्तु व्यापारमा एक खर्ब रुपैयाँ रकमको निर्यात भएको छ। चालु वर्षको १० महिनामै नेपालको वस्तु व्यापारमा १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै निर्यात हुने वस्तुको पहिलो सूचीमा भटमासको तेल रहेको छ।त्यस्तै दोस्रो सर्वाधिक निर्यात हुने वस्तु हो कार्पेट तथा धागोको निर्यात हो। जसको निर्यात ५ अर्ब ९८ करोड बराबरको भएको छ। त्यस्तै यही अवधिमा अलैची पनि पाँच अर्बकै निर्यात भएको छ भने कालो चिया ३ अर्बको निर्यात भएको छ। 


त्यस्तै २ अर्ब माथिको निर्यात हुने वस्तुको सूचीमा जुस, तयारी पोशाक, उनीका सामग्रीहरु रहेका छन्। गएको साउनदेखि वैशाखसम्मको व्यापार तथ्यांकअनुसार १२ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढेर यो दश महिनामा व्यापार घाटा ११ खर्ब ४५ अर्ब पुगेको छ।  
     
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।