साउदी प्रवेशमा नयाँ मापदण्ड, पालना नगरे कडा कारवाही
काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोनको दोस्रो लहरले विश्व नै आक्रान्त परिरहेको बेला साउदी सरकारले आफ्नो देश आउने विदेशी यात्रुका लागि नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ। २४ मे सोमबारदेखि लागू हुने गरी साउदीको नागरिक उडड्यन प्राधिकरण (जीएसीए)ले यहाँ प्रवेश गर्ने विदेशी यात्रुका लागि नयाँ नियम जारी गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ। नयाँ नियम अनुसार अब साउदी अरबमा प्रवेश गर्दा सबैकाे साथमा आफ्नो ७२ घण्टाभित्रैको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट हनुपर्ने र कोभिडविरुद्धको खोपको सबै डोज पूरा गरिसकेकोले आधिकारिक प्रमाणपत्र साथमा राखेको हुनुपर्ने बताईएको छ ।
त्यस्तै भिजिट भिसामा साउदी आउने यात्रुले कोरोना संक्रमणको उपचार समेत कभर गर्नै किसिमको स्वास्थ्य विमा अनिवार्य रुपमा गरेको हुनुपर्नैछ । कोरोना संक्रमण कभर गर्ने स्वास्थ्य बिमा भन्नाले क्लिनिक वा इमर्जेन्सी वा अस्पताल भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४ दिनसम्मको संस्थागत क्वारेनटाइन खर्चसमेत व्यहोर्ने खालको विमा गरेको हुनुपर्ने बताईएको छ । साथै ोभिडविरुद्धको खोपको दुवै डोज लगाइसकेका बाहेक अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब आएपछि ७ दिनसम्म अनिवार्य संस्थागत क्वारेन्टाइन बस्नुपर्ने नियम बनाईएको छ ।
यस्तै ८ वर्षभन्दा कम उमे।का बच्चा बाहेक साउदी आएको २४ घण्टाभित्र र ७ औँ दिनमा गरी २ पटक पीसीआर परीक्षण गर्नुपर्ने र आउने बित्तिकै वा संस्थागत क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण देखिएर उपचार गर्नुपर्नै भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उपचार भने साउदी सरकारले नै गरिदिने भनिएको छ । सरकारले जारी गरेका मापदण्ड पालना नगर्नेलाई पुनः साउदी आउन नपाउने गरी फिर्ता पठाइने बताईएको छ ।