image
image

रोजगारीमा गएका नेपालीहरुलाई लगानी गर्न आह्वान, 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई उच्च प्रतिफल दिने गरी लगानीको आह्वान गरेको छ । वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्ने गरि बैंकले हालै मात्र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो ।


पाँच वर्ष अवधिको सो बचतपत्रमा जो कोही वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बचत लगानी गर्न सक्नेछन् भने लगानी बापत बैंकले वार्षिक १० प्रतिशतका दर ब्याज प्रदान गरिने भएको छ । 



मुलुक बाहिर रोजगारीमा संलग्न भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपालीका परिवारले खरिद गर्न सक्ने छन् । रोजगारीमा गएको व्यक्तिको बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा र छोरीले खरिद गर्न सक्ने छन् । यद्यपी सो ऋणपत्र कम्तिमा १० हजार रुपैयाँको किन्नु पर्ने बैंकले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।