साउदी प्रवेशमा थप कडाई
काठमाडौँ, १२, बुधबार। कोभिड–१९ नियन्त्रण गर्न भन्दै साउदी सरकारले यहाँ आउने विदेशी यात्रुका लागि नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ। २४ मे सोमबारदेखि लागू हुने गरी साउदीको नागरिक उडड्यन प्राधिकरणले यहाँ प्रवेश गर्ने विदेशी यात्रुका लागि नयाँ नियम जारी गरेको रियादस्थित नेपाली दूतावासले जानकारी गराएको छ।
अब साउदी अरबमा प्रवेश गर्दा, ८ वर्ष उमेरभन्दा माथिका, सबैको साथमा आफ्नो पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट हनुपर्नेछ । तर, कोभिडविरुद्धको खोपको सबै डोज पूरा गरिसकेको आधिकारिक प्रमाणपत्र साथमा राखेको हुनुपर्नेछ । त्यस्तो पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ७२ घण्टाभित्रैको हुनुपर्नेछ।
त्यस्तै साउदीको अकामा ९आवसीय परिचयपत्र० भएका व्यक्तिले साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य विमा गर्नुे पर्नैछैन । तर, भिजिट भिसामा साउदी आउने यात्रुले कोरोना संक्रमणको उपचार समेत कभर गर्नै किसिमको स्वास्थ्य विमा अनिवार्य रुपमा गरेको हुनुपर्नैछ । कोरोना संक्रमण कभर गर्ने स्वास्थ्य बिमा भन्नाले क्लिनिक वा इमर्जेन्सी वा अस्पताल भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४ दिनसम्मको संस्थागत क्वारेनटाइन खर्चसमेत व्यहोर्ने खालको विमा गरेको हुनुपर्नेछ ।
त्यसैगरी साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब आएपछि ७ दिनसम्म अनिवार्य संस्थागत क्वारेन्टाइन बस्नुपर्नैछ । कोभिडविरुद्धको खोपको दुवै डोज लगाइसकेका भने संस्थागत क्वारेन्टाइनमा बस्नु पर्देन ।
नयाँ मापदण्ड अनुसार साउदी आएको २४ घण्टाभित्र र ७ औँ दिनमा गरी २ पटक पीसीआर परीक्षण गर्नुपर्नेछ । पीसीआर परीक्षणमा नेगेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टाइनबाट बाहिर जान सकिनेछ ।
सरकारले जारी गरेका मापदण्ड पालना नगर्नेलाई साउदी आउन नपाउने गरी फिर्ता पठाइने बताइएको छ ।