image
image

विराटनगरमा अक्सिजनको चरम अभाव

काठमाडौँ, १२, बुधबार । विराटनगरमा अक्सिजनको चरम अभाव भएको छ । विराटनगरस्थित कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास सोमबारसाँझ हारगुहार गर्दै मोरङको झोराहाटस्थित मारुती अक्सिजन उद्योगमा पुगे। 

अक्सिजन आवश्यक पर्ने कोरोनाका बिरामीलाई बचाउन गाह्रो भइरहेको पीडा उद्योगमा उनी पोखिरहेका थिए। ‘अस्पतालमा अक्सिजन आवश्यक पर्ने गम्भीर अवस्थाका कोरोना संक्रमित धेरै छन्। जतिसक्दो चाँडो उपलब्ध गराउन सकियो भने बचाउन सक्ने अवस्था रहन्छ,’ डा। दास भन्दै थिए, ‘त्यही भएर अक्सिजन खोज्दै आएको हुँ। श्वास फेर्न नसकेर बिरामीको मृत्यु हुने अवस्था छ।’

उद्योगले मंगलबार बिहानसम्म एक सय सिलिन्डर अक्सिजन अस्पताललाई उपलब्ध गराएको छ। कोसीले जेठ ६ गतेबाट कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याएको हो। ६० बेड क्षमताको केन्द्रमा मंगलबार दिउँसोसम्ममा ६३ जना संक्रमित उपचाररत छन्। 

संक्रमित र अरू बिरामीका लागि गरेर कोसी अस्पतालमा दैनिक ३ सय ५० सिलिन्डरसम्म अक्सिजन खपत हुने गरेको डा. दासले बताए। ‘समयमा अक्सिजन उपलब्ध गराउन नसक्दा बिरामीको मृत्यु होला कि भन्ने पीडा अस्पताललाई हुन्छ,’ उनले भने, ‘एक पटक अक्सिजन लिनलाई पाँच घण्टाभन्दा बढी समय पर्खनुपर्ने अवस्था छ।’ 

‘सिलिन्डर पर्याप्त नहुँदा अगाडि नै ‘रिफिल’ गर्ने गरी पठाउन सकिँदैन। खाली भएपछि पठाउनु पर्दा भरिसकेर ल्याउन निकै समय खर्चनुपर्ने अवस्था छ,’ दासले भने, ‘उद्योगले पनि एक घण्टामा १६ वटा जति सिलिन्डर मात्रै ‘रिफिल’ गर्न सक्छ। त्यतिले त अस्पताललाई एक घण्टा पनि पुग्न मुस्किल हुन्छ।’ उनका अनुसार सिलिन्डर अभाव नहुने हो भने अक्सिजन आपूर्तिमा धेरै समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने थियो। 

कोसीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखाले मंगलबार ५० वटा सिलिन्डर पठाएको छ। विराटनगर महानगरपालिकाबाट २०, हिसानबाट ३०, हिमाल अक्सिजन उद्योगबाट ५०, मारुती अक्सिजन उद्योगबाट २५, सुनसरीको दुहवीस्थित फरवार्डबाट नौवटा सिलिन्डर सहयोग प्राप्त भएको छ। 

सिलिन्डर जुटाउन मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको भूमिका महत्वपुर्ण रहेको जानकारी डा. दासले दिए। उनका अनुसार विनायक अक्सिजन उद्योगले पनि अस्पताललाई सिलिन्डर सहयोग गर्दै छ। ‘सबैतिरबाट गरेर अस्पतालमा २ सय ७९ वटा सिलिन्डर जम्मा गरिँदै छ,’ उनले भने, ‘अब थप एक सय जति भेला पार्न सकियो भने अक्सिजन संकट केही हदसम्म कम हुने थियो।’

अझ सिलिन्डरकै अभाव भएर समयमा अक्सिजन भरेर दिन नसक्दा धेरै दुःख लाग्ने गरेको सारडाको भनाइ छ। ‘मानवीयताका हिसाबले पनि कोरोनाका बिरामीलाई बचाउनुपर्छ भनेर जतिसक्दो अक्सिजन धेरै उत्पादन गरेर पठाउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘मेसिनरी चिज हो केही भइदियो भने समस्या भएर उत्पादनमै असर पर्न सक्छ।’ सारडाले दैनिक २० वटा अस्पताललाई अक्सिजन पठाउने गरिएको बताए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।