image
image

रेफ्रीमाथि आक्रोशित विराटनगर सिटीका प्रशिक्षकलाई प्रतिबन्ध

काठमाडौँ, १२, बुधबार । नेपाल सुपर लिगले विराटनगर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षकका रुपमा पहिलो सस्करणको एनएसएलमा काम गरेका भारतीय प्रशिक्षक यान ललाई एक सिजनको लागि प्रतिबन्ध लगाएको छ । जसका कारण उनी अर्को सिजनमा एनएसएलमा देखिने नपाउने भएका छन । यस्तै उनलाई ५० हजार रुपैयाँ जरिवाना लगाएको छ ।

ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रीप्रति आक्रोशित हुँदै खेल अवरुद्ध पारेको आरोपमा यान ल लाई प्रतिबन्ध र जरिवाना लगाउँदा सो घटनामा क्लवका अफिसियलपनि सम्लग्न भएको भन्दै क्लबलाई पनि १ लाख जरिवाना लगाएको छ भने तीन अफिसियललाई पनि प्रतिबन्धमा राखेको छ ।

एनएसएलको अनुशासन समितिको सो निर्णयमा भने बिराटनगर सिटी एफसीले आपत्ति जनाएको छ । अनुशासन समितिले तयार पारेको रिपोर्टमा यान ल लाई एक सिजन कुनैपनि टिममा अनुबन्ध हुन नपाउने र ५० हजार जरिवाना लगाइने भनिएको छ । साथै ल को ब्यवहार अभद्र रहेको र टच लाइन पार गरेर रेफ्रीलाई गाली गरेको पनि ठहर गरेको छ ।

यसैगरी विराटनगरका निर्देशक सोनाम घले र सहायक प्रशिक्षक निशान श्रेष्ठ सहित सहायक व्यवस्थापक मिलन गुरुङलाई भने तीन तीन खेलको प्रतिबन्ध लगाइएको छ । विराटनगरका प्रशिक्षक यान भने अहिले भारत फर्कि सकेका छन् । उनले हालै नेपाल सुपर लिगबाट पाउने पारिश्रमिक नेपाल र भारतमा कोरोनाविरुद्धको अभियानमा खर्च गर्ने घोषणा पनि गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।