image
image

रोलिङ्ग कर्मशिल विदेशले गर्यो : कोभिड र वैदेशिक रोजगारी चुनौती बिषयक अन्तरक्रिया

काठमाडौँ - रोलिङ्ग प्लान्सद्वारा संचालित रोलिगं नेक्ससको “रोलिङ्ग कर्मशील विदेश” ले जूम एप्स मार्फत आयोजना गरिएको वेबिनारमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको चुनौती बारे छलफल भएको छ । कर्मशीलको उक्त वेबिनारमा कार्यक्रमको प्रमुख बक्ताहरुमा साउदीअरबका लागि नेपाली महामहिम राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुत,मलेशियाका लागि नेपाली महामहिम राजदूत उदय राज पाण्डे,बैदेशिक रोजगार बिभागका महानिर्देशक कृष्ण प्रसाद दवाडी,हेल्भिटस नेपालका राष्ट्रिय निर्देशक डा.भरत कुमार पोख्रेल, NAFEAका महासचिब सुजित कुमार श्रेष्ठ र कान्तिपुर राष्ट्रिय दैनिकका होम कार्कीले आफ्ना विचार राख्नु भएको थियो । 

कार्यक्रमको सुरुवातमा पत्रकार होम कार्कीले समग्र  वैदेशिक रोजगारीमा परेको प्रभाव र समस्यालाई खण्डन गर्दै उठान गर्नु भयो । वैदेशिक रोजगारीमा कोरोनको पहिलो लहरको जस्तो समस्या नदेखिएको भएपनि सेवा क्षेत्रमा काम गर्नेहरु सेवा क्षेत्र बन्द हुदाँ अत्यन्त मर्माहित भएको बताउदै उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमिकको  तलब, इन्सुरेन्स, अधिकार, सुरक्षाका लागि दुतावासले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । 

कार्यक्रममा बोल्दै साउदीअरबका लागि नेपाली महामहिम राजदूत प्रा.डा. उदय राज पाण्डेले करार अवधि समाप्त भएका कामदारलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्नुपर्ने र असम्भव भए  कम्तीमा हप्तामा एउटा भएपनि वाइडबडी जहाज मलेसियामा पठाउनुपर्ने बताउनु  भयो । साथै उडान रोकिदा मलेसियामा मृतक कामदारको शव २६ पुगेको र  सजाय भुक्तान गरेर स्वदेश फिर्न डिपोर्टटेसन सेन्टरमा बसेका नेपालीको संख्या ३६ जना पुगेको बताउनु भयो । हाल ५  हजार नेपाली कामदार संक्रमित भइसकेका र  १३ जनाको मृत्यु भएको र अन्य समस्यामा परेकालाई उद्धार गर्न समन्वय गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।  

साउदीका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंह राजपुतका अनुसार साउदीमा पनि कोभिड संक्रमणको जोखिम कायम नै रहे पनि साउदी सरकारले आप्रवासी श्रमिकलाई त्यहाँका नागरिकसरह जाँच तथा उपचार गरिरहेको बताउनु भयो । त्यस्तै दोस्रो चरणको महामारीमा पहिलो चरणजसरी ठूलो संख्यामा नेपाली समस्यामा नपरेको उहाँको भनाइ छ।पहिलो लहरमा नेपाल आउन चाहने २८ हजार श्रमिकलाई नेपाल फर्काईएको पनि जानकारी गराउनु भयो । उहाँले दोस्रो लहरमा केही नेपालीहरू कोभिड संक्रमति भए  पनि अहिलेसम्म साउदीमा खासै जटिल अवस्था नभएको बताउनु भयो । तर उडान नहुँदा स्वदेश फर्कन चाहने नेपाली र शवहरू स्वदेश पठाउन नसक्दा समस्या निम्तिएको राजदूत राजपुतले बताउनु भयो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोरोनाको दोस्रो लहरमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि र्यापिडा रेस्पोन्स टिम मार्फत कम भईरहेको जानकारी गराउनु भयो । त्यस्तै उहाँले चाटर्ड फ्लाईट आएका शव  व्यवस्थापनमा पनि सक्दो भूमिका निभाउदै आईरहेको बताउनु भयो । साथै वैदेशिक रोजगारीका अन्य समस्या पनि कल सेन्टर मार्फत पनि राख्न सकिने र  प्राप्त भएका समस्या वैदेशिक रोजगार विभागले सम्बोधन गर्न पहल गर्ने बताउनु भयो । त्यस्तै भरत कुमार पोख्रेलले महामारीलाई अवसरको रुपमा लिएर काहाली लाग्दो स्थितिमा पनि लड्न सिक्नु पर्ने बताउनु भयो ।   

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले गन्तव्य मुलुकमा भएको समस्या सहजीकरणका लागि संघले पाँच–पाँच जनाको समूह तोकेर काम गरिराखेको बताउनु भयो। त्यस्तै जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न हामी यो पटक तयारी अवस्थामा रहेको बताउनु भयो ।

कुटनीतिक नियोगका प्रमुख, वैदेशिक रोजगार विभागका महानिर्देशक, पत्रकार,संचार जगत,  म्यानपावर व्यवसायी, लगाएत विभिन्न  क्षेत्रका प्रबुत्व व्यक्तिहरुसँग गरिएको उक्त वेबिनार रोलिङ्ग कर्मशील विदेशले आयोजना गरेको थियो भने यसको अफिसियल मिडिया अर्थरोजगार डट कम रहेको थियो ।       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।