image
image

रहेनन् कमेडियन आदर्श मिश्राको बाबु 

काठमाडौंँ । कमेडियन आदर्श मिश्राको बुबा विनोद मिश्राको निधन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । विनोदको निधन भएको चर्चित कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।


सोमबार राती मात्र उनलाई उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको थियो । नारायणी अस्पतालले डायलासिस थोरै गराएको भन्दै आदर्शकले बुबाको अस्पताल परिवर्तन गरेका थिए । ४ वर्षदेखि मिर्गौलाका बिरामी विनोदको डायलासिस हुँदै आएको थियो ।


बाराको जितपुरमा बस्दै आएका विनोदको हप्तामा दुई पटक मिर्गौलाको डायलसिस नारायणी अस्पताल हुँदै आएको थियो । आदर्श कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हुन् । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।