हवाई उडान बन्द हुँदा मलेसियामा २६ शव अड्किए
काठमाडौं, ११, मंगलबार। नेपाल–मलेसियाबीचको हवाई उडान रोक्दा २६ शव अड्किएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनु भएको छ। उहाँले अहिले सबैभन्दा ठूलो मार दुई देशबीचको उडान बन्द हुँदा परेको बताउनु भएको हो।
दुई देशबीच उडान नहुँदा यहाँ ज्यान गुमाएका श्रमिकको शव नेपाल पठाउन सकिएको छैन। २६ वटा शव अड्किएर बसेको अवस्था छ। यी शवलाई कसरी पठाउने भन्ने समस्या छ। नेपालबाट आफन्तले तारम्तार फोन गरिरहनु भएको पाण्डेको भनाई छ।
यहाँको दोस्रो समस्या भनेको जेलमा बन्दी अवस्थामा रहेका नेपालीहरू हुन्। धेरैले कैद अवधि भुक्तान गरिसकेका छन्। तर, उनीहरूलाई नेपाल पठाउन सकिएको छैन। यस बीच दूतावासले विशेष पहल गरेर कैद भुक्तान गरिसकेका नेपालीलाई देश फर्काउन खोजेको थियो। तर, टिकट पाइएन। उनीहरूलाई विभिन्न संघ–संस्थासँग समन्वय गरेर टिकट उपलब्ध पनि गराएका थियौं। तर, जहाज उड्ने अत्तोपत्तो छैन।हामीले देश फर्किन चाहने ५ सय नेपालीलाई टिकट पनि उपलब्ध गराएका थियौँ। जसमा जेल सजाय भुक्तान गरेका थप ३६ नेपाली पनि थिए। सबैको हवाइ टिकटको व्यवस्था गरेका थियौँ। तर, उडान नहुँदा सबै अड्किएका छन्।
उडान नखुलेको अवस्थामा चार्टर्ड फ्लाइटबाट पठाउँदा महंगो हुन्छ । यस्तै, अर्को समस्या अहिले करार अवधि सकाएका कामदारको पनि छ। मलेसियामा हरेक साता करिब ५ सय नेपालीको करार सम्झौता पुरा हुन्छ। करार सकिएपछि सबै स्वदेश फर्किन चाहन्छन्। तर, उडान नहुँदा ठूलो समस्या परेको छ।
मलेसियाले आउँदो जुन अन्तिमसम्म यहाँ गैरकानूनी (अनडकुमेण्ट) तवरले बसिरहेका त्यस्ता नेपालीलाई ५ सय रिंगेट जरिवाना तिरेर मात्र स्वदेश फिर्न दिन्छ। उडान सूचारु नहुँदा र यो सुविधाको म्याद सकिएको खण्डमा पनि नेपालीलाई समस्या हुन्छ। यो अवसरको सदुपयोग गरेर नगएका नेपालीलाई पछि यहाँको प्रहरीले १० हजार रिंगेट जरिवाना र जेल सजाय गर्ने बताएको छ।
हामीले पटक–पटक नेपाल सरकारलाई उडान सूचारु गरिदिन अनुरोध गरिरहेका छौँ। सातामा कम्तिमा एउटा ‘वाइड बडी’ जहाज पठाइदिन भनेका छौँ। ‘वाइड बडी’ जहाजको यसकारण पनि हामीले माग गरेका हौं, जसले यहाँ अड्किएका शव, जेल भुक्तान गरिसकेका श्रमिक, करार अवधि सकाएका श्रमिक र आममाफी पाएका श्रमिकलाई लैजान सहज हुन्छ।
रोलिङ नेक्ससले आयोजना गरेको वेविनार कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनु भएको हो। कार्यक्रममा साउदीका लागि राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुत, वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीको सहभागिता थियो।
यसैगरी, हेल्भिटास र सामीका कन्ट्री डिरेक्टर डा. भरतकुमार पोखरेल, म्यानपावर व्यवसायी संघका केन्द्रीय महासचिव सूजितकुमार श्रेष्ठ र श्रम क्षेत्रमा कलम चलाउँदै आउनु भएका अग्रज पत्रकार होम कार्की हुनुहुन्थ्यो। यसैगरी, उक्त कार्यक्रमको सहजकर्ता सरोज दाहालले गर्नुभएको हो भने मिडिया पार्टनरमा अर्थरोगार डटकम रहेको थियो।