एसईई र कक्षा १२ को परीक्षा मोडालिटी प्रतिवेदन दुई दिनभित्र बुझाइने
काठमाडौं, ११, मंगलबार । शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले दुई दिन भित्रमा एसईई र कक्षा–१२ को परीक्षा मोडालिटी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डलाई बुझाउने भएको छ। विभागका महानिर्देशक अर्यालले दुई दिन भित्रमा प्रतिवेदन बुझाउने जानकारी दिए।
अहिले रिपोर्ट बुझाउन भ्याइएको छैन, उनले भने, दुई दिन भित्रमा बोर्डलाई बुझाउँछौँ। उनले बोर्डमा प्रतिवेदन बुझाएपछि मात्र के–कस्तो मोडालिटी लिइएको छ भन्ने सार्वजनिक गरिने बताए। ‘मोडालिटीबारे अहिले नै नभनौँ,बोर्डमा बुझाएपछि मात्र सार्वजनिक हुन्छ,’अर्यालले भने।