image
image

एम्बुलेन्सबाट १०० किलो गाँजासहित २ पक्राउ

काठमाडौँ, ११, मंगलबार । स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  जिल्लाभर निषेधाज्ञा जारी गरेको समयमा आकस्मिक  सेवाका लागि प्रयोग एम्बुलेन्स प्रतिबन्धित गाँजा ओसारपसारमा प्रयोग हुने गरेको सार्बजनिक भएको छ ।

सुनसरीमा १ सय केजी गाँजा एम्बुलेन्सबाट प्रहरीले बरामत गरेपनि आकस्मिक सेवाका रुपमा प्रयोग हुँदै आएको एम्बुलेन्स प्रहरीको आँखा छल्न गाँजा ओसारपसारमा पनि प्रयोग ने गरेको खुलासा भएको हो ।

सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० केजी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका ७ बजे अस्थायी प्रहरी चौकी अमर हाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को.च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्ने क्रममा एम्बुलेन्सको पछाडिको भागमा २५÷२५ केजीको ४ वटा झोलामा जम्मा १०० केजी लागूऔषध गाँजा बरामद गरेको हो ।

 बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।

उक्त एम्बुलेन्सलाई शंका लागेर चेकजाँच गर्दा १ सय किलो गाँजा बरामद भएको र त्यसबारेमा थप अनुसन्धान भईरहेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।