image
image

कलाकार हरिहर अधिकारीलाई पितृशोक

काठमाडौँ, ११, मंगलबार । नायक तथा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको हो । कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएपछि २० दिनदेखि कोरोनासँग लडिरहेका रामबहादुरको सोमबार निधन भएको हो । उनको २ हप्तादेखि कलंकीको नेशनल अस्पतालमा उपचार भैरहेको थियो ।

किर्तिपुरमा बसोबास गर्दै आएका हरिहरको पुरा परिवार नै कोरोना संक्रमित भएको थियो । नायक तथा ज्योतिष हरिहरका पिता रामबहादुर पनि ज्योतिष विधामा नै सक्रिय थिए । उनकै प्रेरणामा हरिहर पनि ज्योतिष विज्ञानमा अगाडि बढेका हुन् ।

हरिहरले चलचित्र ‘शुभलभ’बाट चलचित्र क्षेत्रमा आफ्नो करिअर अगाडि बढाएका थिए । उनी, पछिल्लो समय टेलिभिजन कार्यक्रममा व्यस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।