image
image

भीम रावलले नागरिकतासम्बन्धी विवादित ट्वीट हटाए

नेकपा (एमाले)का नेता भीम रावलले नागरिकतासम्बन्धी विवादित ट्वीट हटाएका छन् । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि सोमबार उनले वीरगन्जमा नागरिकता लिनेको भीड लागेको भन्ने ट्वीट गरेका थिए। तर भ्रामक रहेको भन्दै धेरैले आलोचना गरेपछि रावलले सो ट्वीट हटाएका हुन्।

उनले ट्वीटमा लेखेका थिए,ुवीरगंजमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई घरमा बन्द गरेर विदेशीलाई चकलेट बाँडेजस्तै गर्न लागेको भन्दै प्रश्न उठाएका थिए।

प्रम केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई हो कि? नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं, रावलले लेखेका थिए।

मंगलबार ट्वीट गर्दै उनले समाचार पुरानो रहेको हुँदा ट्विट हटाएको बताएका छन्।

 मैले वीरगंजमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन। तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु,ु उनले भनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।