image
image

एसईईको टुङ्गोपछि मात्रै नयाँ शैक्षिक सत्रको टुंगो लाग्ने 

काठमाडौँ, ११, मंगलबार । एसईई परीक्षा सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ । एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असारदेखि प्रारम्भ गर्ने सरकारको निर्णय भए पनि कोरोना भाइरस महामारीका कारण अवस्था फेरिन सक्ने बताउनु भएको छ ।  

एसईईबारे अध्ययन जारी

एसईई परीक्षा सञ्चालनमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदल अध्ययन र सुझाव सङ्कलन गर्ने क्रममै रहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शर्माले अध्ययन कार्यदलले प्रतिवेदन बोर्डमा पेस गर्ने र बोर्डको सिफारिस प्राप्त भएपछि यस विषयमा निर्णय हुने जानकारी दिनुभयो ।

यसअघि सरकारले जेठ १३ देखि एसईई सञ्चालन गर्ने निर्णय भएको थियो तर कोरोना भाइरस सङ्क्रमण बढेपछि अर्को सूचना नभएसम्म परीक्षा रोकिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।