image
image

वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी, विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह

 वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी, विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह


काठमाडौँ, ११, मंगलबार । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पर्कमा आउन विद्यार्थीलाई अपिल गरेको छ। उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन्।

‘सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ उनले भनेका छन्।रोकिएका कक्षा पनि वैकल्पिक माध्यमबाट सुचारू हुने त्रिविले बताएको छ।

कोरोनाभाइरसको दोस्रो लहरपछि त्रिविमा भौतिक उपस्थितिमा विद्यार्थीलाई पठनपाठन गरिएको छैन। गत वर्ष पनि कोरोना महामारीका बेला त्रिविले भर्चुअल माध्यमबाट नै पठनपाठनको व्यवस्थापन गरेको थियो।कोरोना संक्रमितको संख्या घटेपछि विद्यार्थीलाई भौतिक उपस्थिति गराएरै त्रिविले परीक्षा तथा पठनपाठन सुरू गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।