image
image

नेप्सेमा चमक, हरेक दिन नयाँ रेकर्ड

काठमाडौँ – कोरोना कहरले मुलुकका अन्य क्षेत्रमा नकारात्मक प्रभाव परे पनि धितोपत्र बजारमा भने त्यसले कुनै प्रभाव पारेको छैन । हरेक दिन नयाँ नयाँ रेकर्ड बनिरहेको छ ।

आइतबार सबैभन्दा उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भए पनि कारोबार रकम भने उच्च देखिएको छ । कारोबार रकमका आधारमा सोमबार नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ।

अधिकांश लगानीकर्ता घरमै रहेर विद्युतीय माध्यमबाट कारोबार गरेका कारण पनि नेप्सेले नयाँ उचाइ कायम गरेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३.०७ अंकले वृद्धि भई नेप्से दुई हजार ८२३.०६ मा पुगेको छ । नेप्सेको यो उचाइसमेत हालसम्मकै सबैभन्दा बढी हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.३१ ले वृद्धि भई ५०८.४९ मा पुगेको छ । कुल २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ मूल्यमा खरिद–बिक्री भएको छ।

निषेधाज्ञाको समयमा भएको यो कारोबार रकमसमेत आफैमा ठूलो हो।

यस्तै, बजार पुँजीकरणसमेत ३९ खर्ब १७ अर्ब ४० करोड ५३ लाख ४७ हजार ३६९ बराबर पुगेको छ। यो पनि हालसम्मकै उच्च हो । मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा बढी बजार पुँजीकरण पुगेको छ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको मात्रै सेयर उकालो लागेको छ भने आठ उपसमूहको सेयर ओरालो लागेको छ। बैंकिङ ४.०८, जलविद्युत् ५.२, निर्जीवन बिमा १९६.६४, सामूहिक लगानी कोष ०.०९ र लगानी १.४१ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ५७.६, होटल तथा पर्यटन १७, विकास बैंक ३२.९, वित्त ३६.४२, उत्पादन ४७.८२, अन्य ९.३१, लघुवित्त ५.३७, जीवन बिमा ५५.६१ बिन्दुले घटेको छ।

कारोबारका आधारमा सोमबार एचआइडिसिएल शीर्ष स्थानमा छ। आइतबार मात्रै नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर बिक्रीका लागि स्वीकृति पाएको सो कम्पनीको सोमबार एक अर्ब २६ करोड १९ लाख ६७० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो।

यस्तै, नेको इन्स्योरेन्स ३७ करोड ३३ लाख ७८ हजार २००, नेपाल पुनर्बिमा कम्पनी रु २८ करोड २० लाख ९९ हजार ९०२, आइएमई नरल इन्स्योरेन्स रु २५ करोड ७० लाख ७१ हजार ८४२, सूर्य लाइफ इन्स्योरेन्स २४ करोड ८१ लाख ९२ हजार ९२९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

कारोबारका आधारमा बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए।

यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८९, माउण्टेन हाइड्रो नेपाल ९.८७, ग्रीन डेभलपमेन्ट बैंक ९.४५, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ७.५० प्रतिशतले कमाए ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ४.४७, गुडविल फाइनान्स ४.३७, सेन्ट्रल फाइनान्स ४.१३, मिथिला लघुवित्त ३.९६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।