नेप्सेमा २.२६ % को गिरावट, आइतबार ८ अर्ब ९७ करोड बढीको कारोबार
काठमाडौं । आइतबारको शेयर बजारमा भारी अंकले गिरावट आएको छ। आज बजार परिसूचक नेप्सेमा ५४.७५ अंकले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अंकमा झरेको छ । उच्च अंकले घटेको बजारमा रू. ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार बराबरको १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर कारोबार भएको छ ।
आइतबार बजारका सबै सूचक तथा उपसूचकहरु घटेका छन् । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक ४.४ प्रतिशतले घटेको छ । यसबाहेक बैंकिङ, विकास बैंक, उत्पादनमूलक, लघुवित्त र जीवनबीमा क्षेत्रमा २ प्रतिशत भन्दा माथिको गिरावट देखिएको छ ।
आइतबार १ सय ७५ कम्पनीको कारोबार भएकोमा १ सय ६१ वटा कम्पनीको मूल्य घटेको छ । १० वटा कम्पनीको मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारका बाबजुद यो दिन प्राईम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । रिलायन्स फाइनान्सको मूल्य भने सबैभन्दा धेरै ८.३० प्रतिशतले घटेको छ ।