image
image

कुटपिटबाट घाइते यादवको मृत्यु, चार पक्राउ

काठमाडौँ, १०, सोमबार । कुटपिट गरि घाइते भएका सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको सोमबार मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भर्खरै मृत्यु भएको अस्पतालले जनाएको छ ।

मादक पदार्थ र नशालु पदार्थ खाएर बुधबार राति आपसमा झगडा हुँदा गाउँकै युवाहरुले धारिलो हतियारले निर्घात कुटपिट गरेको स्थानीयले बताएका थिए । सडक किनारमा टाउकोमा धारिलो हतियारले काटेर रक्ताम्मे अवस्थामा फेला परेका घाइतेलाई तत्कालै उपचारका लागि बिराटनगर पठाइएको इलाका प्रहरी कार्यालयका सइ अवधेश चौबैले बताए । 

अनुसन्धानका क्रममा प्रहरीले सोही गाउँका बिनय यादव, मुकेश यादब, मुकेश पासवान र मनोज यादब पक्राउ परेका छन् । 

सोही झगडाको रिसमा मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितहरुले बुधबार राति कुटपिट गरेर घाइते अवस्थामा सडक किनारमा छाडेको मृतकका दाजु सरोबर यादवले बताए । नियन्त्रणमा लिइएका माछा, रक्सी खुवाउने भट्टीवाला सुगेन यादललाई भने अनुसन्धानपछि रिहा गरिएको छ ।

पक्राउ परेका युवाहरु यसअघि पनि कुटपिट र लागूऔषध ओसारपसारको आरोपमा पटक–पटक पक्राउ परेको स्थानीयवासीले बताए । शव बिराटनगरस्थित अस्पतालमा रहेको छ । शवको बिराटनगरस्थित कोशी अस्पतालमा पोष्टमार्टम पश्चात सप्तरी ल्याइने प्रहरीले जनाएको छ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।