image
image

 राष्ट्र बैंकले नागरिक बचतपत्र ल्याउँदै, यसरी दिनुहोस् आवेदन 

काठमाडौँ ।  राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दिनेगरी नागरिक बचतपत्र जारी गर्ने भएको छ। बैंकले ५ वर्षे अवधिको कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो। त्यस्तै यो बचतमा ६–६ महिनामा ब्याज पाइन्छ।

भोलि जेठ ११ गतेदेखि असार १ गतेसम्म यसमा लगानीका लागि आवेदन दिन सकिनेछ भने ५ वर्षपछि अर्थात २०८३ असार ६ गते यसको लगानी अर्थात साँवा रकम फिर्ता हुनेछ।

यसरि दिनुहोस् आवेदन 

आवेदन फारम विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पाइन्छ। साथै राष्ट्र बैंकको वेबसाइटमा गई ‘पब्लिक डेप्ट’मा गई डाउनलोड गर्न सकिन्छ।डाउनलोड गरेको सो फारम भरेर बैंक तथा वित्तीय संस्थाका शाखा वा राष्ट्र बैंकका प्रदेश कार्यालयमा पनि बुझाउन सकिन्छ। 

बचत पत्र खरिदका लागि रकम बुझाएकै मितिबाट ब्याज रकम गणना हुनेछ। स्टक वा प्रमिसरी नोटको रुपमा बचतपत्र स्वीकार हुने राष्ट्र बैंकले जनाएको छ। स्टक वा प्रमिसरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारम भर्दा खुलाउनुपर्नेछ। नखुलाएको अवस्थामा प्रमिसरी नोट प्रमाणपत्र उपलव्ध गराइने बैंकले जनाएको छ। लेखपढ गर्न नजान्नेलाई स्टक प्रमाणपत्र उपलव्ध गराइने बैंकले जनाएको छ। 


आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ। लेखपढ गर्न नजान्ने व्यक्तिले आवेदनका साथ २ प्रति पासपोर्ट साइजको फोटो समेत पेश गर्नुपर्नेछ। 
 
 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।