image
image

लाइसेन्सको लागि साढे २ लाखले दिए अनलाईन आवेदन

काठमाडौँ । कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेको सवारी लाईसेन्सको आवेदन खुला भएसंगै आवेदन दिनेको संख्या बढेको छ । सरकारले अनलाईन आवेदनको कोटा प्रणाली हटाएसंगै अनलाईन आवेदन दिनेको संख्या बढेको हो । फारम खुलेसंगै हालसम्म साढे दुई लाखभन्दा बढिले आवेदन दिएका छन् । 

उक्त आवेदनका कारण बैशाखसम्मका लागि लिखित परीक्षामा सामेल हुने मिति सकिएको विभागले जानकारी दिएको छ । नयाँ आवेदकहरुले लाइसेन्स पाउन अब महिनौ कुनुपर्ने भएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले वैशाखसम्मका लागि परीक्षा दिने मिति सकिएकोले नयाँ आवेदकहरुले केही महिना प्रतिक्षा गर्नुपर्ने बताएका छन्। 

सवारी साधनको चाप बढेसँगै लाइसेन्स लिन चाहनेहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ। हरेक महिना ७० हजारभन्दा बढिलाई स्मार्ट लाइसेन्स वितरण गर्दै आएको विभागमाथि लाइसेन्स वितरण प्रक्रिया छिटो र सरल बनाउन जनताको दबाब रहँदै आएको छ । तर , विभागले त्यसमा खासै सुधार गर्न सकेको छैन् । लाइसेन्सका लागि परीक्षा पास गरेकाहरुले समेत लाइसेन्स हात पार्न महिनौ कुनुपर्ने बाध्यता रहेको छ । 

लाइसेन्स वितरणमा रहेका समस्याहरूलाई सुधार गर्न भन्दै विभागले प्रयोगात्मक परीक्षामा ६० अङ्क ल्याए अनुमति पत्र प्राप्त गर्ने प्रावधान सहितको परीक्षा मापदण्ड तयार पारेको छ । तर, लिखित परीक्षामा भने ८० अंक ल्याउनुपर्ने शर्त अघि सारिएको छ । यस्तो प्रावधान लागू गर्न बनाइएको कार्यविधि स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।