बढ्यो वैदेशिक व्यापार घाटा
काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्म झण्डै साढे ११ खर्बको वैदेशिक घाटा देखिएको छ । सोहो समयमा नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको १० महिनामा २१.४८ प्रतिशतले व्यापार घाटा बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
त्यस्तै भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार वस्तु तथा सेवा आयात गरेको छ भने निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।