पाकिस्तानमा नौ लाख नाघे कोरोना संक्रमित
काठमाडौँ, १०, सोमबार । दक्षिण एसियाली मुलुक पाकिस्तानमा आइतबारसम्म कोरोना संक्रमितको संख्या नौ लाख नाघेको छ । तर पछिल्लो समय त्याहाँ संक्रमितको संख्यामा कम देखिएको अधिकारीहरुले जानकारी गराएका छन् । अधिकारीहरुको भनाइ अनुसार आइतबार ६२,०६१ को परीक्षण गर्दा ३,०८४ जना नयाँ संक्रमित पाइएका थिए। त्यहाँ कोरोनाबाट मर्नेको संख्या २०,२५१ पुगेको छ। पाकिस्तानमा ५० लाखलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइसकिएको छ। पाकिस्तानको जनसंख्या करिब २२ करोड छ।









