चालु आर्थिक वर्ष ३२ अर्ब बढीको मोबाइल सेट नेपाल भित्रियो
काठमाडौँ, १०, सोमबार । मुलुकमा कोरोना भाइरस संक्रमणले अर्थतन्त्रलाई प्रतिकुल प्रभाव पारिरहेको बेला दुरसञ्चार सेवासँग सम्बन्धित सामानको आयातमा वृद्धि भएको छ । चालु अर्थिक वर्षको बैशाखसम्मको तथ्यांक हेर्ने हो भने मोबाइल सेट मात्रै ३२ अर्ब ९ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको चलु अवको दश महिनामा उक्त मुल्यका ६३ लाख ५५ हजार २३४ थान मोबाइल नेपाल भित्रिएका छन् । यो आयात गतवर्षको सोही अवधिको तुलनामा आधाभन्दा धेरैले वृद्धि हो । गत आर्थिक वर्षको बैशाखसम्म १४ अर्ब बढीको मोबाइल फोन आयात भएको थियो । उक्त अवधिमा १४ अर्ब ६८ करोड ९० लाख २४ हजार रुपैयाँ बराबरको ३९ लाख ५१ हजार ३०७ मोबाइल सेट आयात भएको थियो ।
गत आवको भन्दा यो आवको बैशाखसम्म दोब्बर बढी मुल्यका मोबाइत आयात भएका छन् । चालु आर्थिक वर्षको बैशाखसम्म मोबाइल आयातबाट सरकारलाई ५ अर्ब ७ करोड ९४ लाख ३८ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।गत आवको बैशाखसम्म मोबाइल आयातबाट सरकारलाई २ अर्ब ३२ करोड ६९ लाख २६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । यो आवमा मोबाइल आयात वृद्धि भएपछि सरकारले पाउने राजस्वमा समेत वृद्धि भएको छ ।