image
image

बहराइनद्वरा लगायो नेपाली नागरिक प्रवेशमा प्रतिबन्ध

काठमाडौँ, १०, सोमबार । कोरोना महामारीको दोश्रो लहर व्यापक फैलिए पछि बहराइनले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ । आइतबारदेखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको जनाएको छ ।

नेपालमा कोरोना संक्रमण व्यापक फैलिएको भन्दै यसअघि मलेसिया, कुवेत, दुबईलगायतका देशहरुले पनि नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाईसकेका छन्  ।बहराइनस्थित नेपाली दूतावासका अनुसार माथि उल्लेखित देशबाट बहराइनी नागरिक, गल्फको अपरेसन काउन्सिलका नागरिक तथा बहराइनमा बसोबास गर्ने भिसा भएकाहरुले भने प्रवेश पाउने छन् ।

यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ । यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने दूतावासले जनाएको छ । बहराइनमा १० दिनभन्दा बढी बस्ने यात्रुको लागि एयरपोर्ट आगमन पश्चात् बहराइन दिनार ३६ तिरेर पहिलो पटक तथा पाँचौँ र दशौँ दिनमा समेत पीसीआर परीक्षण गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा भनेको छ ।

यसै गरी बहराइनमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमण दर बढेकाले सङ्क्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ ।३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरुमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डोज खोप लगाएकाहरु १४ दिन बढी भइसकेकाहरूले मात्र प्रवेश अनुमति पाउने जनाइएको छ ।

बहराइन सरकारले आप्रवासी श्रमिकलाई पनि निःशुल्क रुपमा खोप उपलब्ध गराइरहेको हुँदा खोपका लागि त्यहाँको स्वास्थ्य मन्त्रालयमा आवेदन दिन बहराइनमा कार्यरत नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।