कोरोना खोप लगाएका विदेशीले क्वारेन्टाइनमा बस्न नपर्ने
काठमाडौँ। सरकारले कोरोना भाइरसविरुद्दको खोप लगाएर नेपाल आउने विदेशी पर्यटकहरुलाई क्वारेन्टाइनमा बस्न नपर्ने व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले खोप लगाएर आएकालाई क्वारेन्टाइनमा बस्नु नपर्ने निर्णय गर्नका लागि सीसीएमसी र मन्त्रिपरिषदमा सिफारिस गरिएको जानकारी दिएका छन् ।
यसैबीच नेपालका पर्यटन व्यवसायीहरुले ७२ घण्टाको पीसीआर प्रविधिबाट कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई पनि खुल्ला गरिनुपर्ने माग गर्दै आएका छन् । यस विषयमा पनि गृहकार्य भईरहेको मन्त्री ढकालको भनाई छ ।
अहिले कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका र यहाँ परीक्षण गर्दा पनि नतिजा नेगेटिभ आएका विदेशी पर्यटकहरु १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ ।