image
image

आईपीओ निष्काशन गर्दै आई.एम.ई लाइफ इन्स्योरेन्स

काठमाडौं, १०, सोमबार । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसकोे लागि कम्पनीले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ  । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ ३१ गते सोमबार, कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स जुन मार्फत बिहान १० बजे सुरु हुनेछ  ।

सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ ।  त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका एजेन्डाहरुमा छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, सभाले संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहि अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।