image
image

नेपाल राष्ट्र बैंकका ५ जना उप-निर्देशकहरु निर्देशकमा बढुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका ५ जना उप-निर्देशकहरु निर्देशकमा बढुवा भएका छन् । बैंकको जनशक्ति ब्यबस्थापन विभागले शुक्रबार प्रशासन सेवातर्फ रिक्त रहेको पदहरुमा कार्य सम्पादन मुल्यांकनको आधारमा बढुवा गरेको हो  । बढुवा हुने अन्तिम उम्मेदवारले कुल १८८.४५ अंक पाएको नेपाल राष्ट बैंकले जनाएको छ । 

निर्देशकमा बढुवा हुनेहरुमा निरा ताल्चाभडेल, विज्ञानराज सुवेदी, थानेश्वर आचार्य, नारायणप्रसाद पोखरेल र माधव दंगाल रहेका छन् । जस अनुसार ताल्चाभडेललाई मुद्रा ब्यबस्थापन विभाग, सुवेदीलाई आर्थिक अनुसन्धान विभाग, आचार्यलाई कानुन महाशाखा, पोखरेललाई गभर्नरको कार्यालय र दंगाललाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।