image
image

भोलि बिहान १० बजे सर्वोच्चमा रिट दिने विपक्षी गठबन्धनको तयारी

काठमाडौँ, ९, आइतबार । प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दिने भएका छन्। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सोमबार बिहान १० बजे सर्वोच्चमा रिट दिइने बताए।आज रिट दिने तयारी गरे पनि सांसदहरूको हस्ताक्षर संकलन भइसकेको छैन।तर नेता पुनले भने सबै सांसदको हस्ताक्षर गरिएको र बहुमत पुगिसकेको दाबी गरेका छन्।

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर बाँकी रहेको बताइएको छ। आज बानेश्वरमा नेपाल पक्षका १८ जना नागरिकता लिएर पुगेका थिए। तर उनीहरूले हस्ताक्षर गरेरनगरेको खुलेको छैन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार हस्ताक्षर गरेका १४९ जनाबाहेक अरूले पनि हस्ताक्षर गरेको बताए। ‘केही चिन्ता नलिनुहोला, अस्ती हस्ताक्षर गरेका १४९ मा अझै केही सांसद थपिनुभएको छ,’ प्रचण्डले भने।

उनकाअनुसार सोमबार भौतिक रूपमै सांसदहरू अदालतमा उपस्थित हुनेछन्। माधव नेपाल पक्षका सांसदले हस्ताक्षर नगरेर आज रिट नलगेको हो भन्ने प्रश्नमा उनले त्यो अस्वीकार गरेका छन्।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।