image
image

शेयर बजारमा दुइ नयाँ रेकर्ड, १७ कम्पनीको शेयरमूल्यमा उछाल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एकै दिन दुई नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आज आईतबार  नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।आज नेप्सेमा ११ अर्ब ६९ करोड ५० लाख बराबरको कारोबार भएको छ। 

आज नेप्से ३२.८१ अंकले बढेर दुई हजार आठ सय २० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ११ अर्ब ६९ करोड ५० लाख बराबरको कारोबार भएको छ भने आज १७ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ । आज २२० कम्पनि कारोबारमा आउदा २ करोड ५१ लाख ६३ हजार ६ सय ६० शेयर १ लाख २६ हजार १ सय २४ पटक कारोबार भएका छन् । त्यस्तै आज १३ कम्पनि मध्य ३ समूह बाहेक १० समूह बढेका छन्।    
 
आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कर्णाली विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, युनाईटेड इदी मर्दी हाइड्रोपावर महालक्ष्मि विकास बैंक, सांग्रिला विकास बैंक, बेष्ट फाइनान्स कम्पनी, गुडविल फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर, नारायणी डेभलपमेण्ड बैंक, बरुण हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी रहेका छन् ।         
     
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।