निषेधाज्ञा अवज्ञा गर्दै भारतबाट लागुऔषध ल्याउने महिला पक्राउ
काठमाडौँ, ९, आइतबार । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएको भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेकी एक महिला विराटनगरबाट पक्राउ परेकी छन् । कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका समयमा निषेधाज्ञा अवज्ञा गर्दै लागुऔषध लिएर नेपाल छिरेकी सुनसरीको इटहरी उपमहानगरपालिका–१ की ४१ वर्षीया रेखा न्यौपाने पक्राउ परेकी हुन् ।
पक्राउ परेकी महिलाको साथबाट विभिन्न प्रकारका लागुऔषध बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी गराएका हुन् । उनका अनुसार न्यौपानेले भारतको जोगवनीबाट झोलामा राखेर ल्याउँदै गरेको लागुऔषध डाइलेक्स डीसी ५० बोतल, नाइट्राभेट एक सय ट्याब्लेट र स्पास्मोप्रोक्सिभन प्लस चार सय ४३ चक्की बरामद भएको छ ।
पक्राउ परेकी न्यौपानेविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।