image
image

आफूखुशी आर्थिक सङ्कलन नगर्न प्रशासनको आग्रह

चितवन, ९ जेठ: जिल्ला प्रशासन कार्यालयले आफूखुशी आर्थिक सङ्कलन नगर्न सूचित गरेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न भनेको हो ।

कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “कतिपय सङ्घसंस्थाले आफूखुशी कोष स्थापना गरी आर्थिक सङ्कलन गरेको गुनासो प्राप्त हुन आएकाले कोभिड–१९ को रोकथाम एवं नियन्त्रणका लागि कसैले स्वेच्छिक रुपमा रकम जम्मा गर्न चाहेमा एकद्वार प्रणालीमा रही गर्नु ।”

सूचनामा एकद्वार प्रणालीअन्तर्गत रही वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने उल्लेख छ । सूचनामा जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर र अस्पताल भर्ना हुने दरसमेत अत्यधिक बढिरहेको स्मरण गराइएको छ ।-रासस/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।