यार्सा संकलनमा लगायो रोक
काठमाडौँ, ९, आइतबार । कर्णाली प्रदेश जडीबुटीको बहुमूल्य खानी मुगुमा यो वर्ष पनि यार्सा संकलनमा रोक लगाइएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको दोस्रो लहरले विकराल पारिरहेपछि मुगुम कार्मारोङ गाउँपालिकाको गत २ जेठको कार्यपालिका बैठकले यो वर्ष यार्सा सकलनमा रोक लगाउने निर्णय गरेको हो ।
वैशाख १८ को कार्यपालिकाको बैठकले यार्सा संकलन खुलाउने निर्णय गरेको थियो । तर, विस्तारै गाउँपालिकामा कोरोनाले चपेटामा परेपछि बहुमूल्य जडीबुटी यार्सा संकलन बन्द गरेको हो । जडीबुटीको खानी भएको यो गाउँपालिकामा कोरोना महामारीकै कारण यार्सा संलकनमा रोक लगाइएको हो । कर्णाली प्रदेशका हिमाली जिल्लामा पाइने बहुमूल्य यार्सा यहाँका स्थानीयको प्रमुख आयस्रोत हो ।
गाउँपालिकाका अनुसार सानो कोइकी, ठूलो कोइकी, हाङदाङ खोला, छापाखोला, डोल्फु पाटन, रिमाटलगायत दर्जनौँ पाटनमा पाइने यार्सा संकलनका लागि बाहिरी जिल्ला र जिल्लाभित्रबाटै हजारौँ मानिस जमघट हुने हुँदा महामारी फैलिने आशंकामा रोक लगाइएको हो ।
विगत वर्षमा बहुमूल्य जडीबुटी यार्सा संकलनका लागि बच्चा, युवायुवती, वृद्धवद्धा, विद्यार्थीसमेत पाटन क्षेत्रमा जाने गरेका थिए । यार्साबाट मात्रै पालिकाले लाखौँ रुपैयाँको आम्दानी लिँदै आएको थियो ।