image
image

लुम्बिनी सरकारद्धरा कोरोना नियन्त्रण गर्न मातहत कार्यालयहरुलाई ८ करोड विनियोजन

काठमाडौँ, ९, आइतबार । लुम्बिनी प्रदेश सरकारले मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरुलाई दोस्रो लहरको कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि बजेट पठाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ७ करोड ७४ लाख बजेट पठाउने निर्णय गरेको हो ।

केही अघि मात्रै कोरोना भाईरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले बजेटको सुनिश्चिता गर्दै बजेट छुट्याएको थियो । निर्णयसँगै बजेट निकासाको प्रक्रिया शुरु गरिएको प्रादेशिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए । उक्त बजेट प्रदेश आपूर्ति केन्द्र, कोरोना अस्पताल, आयुर्वेद चिकित्सालय, जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य कार्यालयहरुले कोरोना रोकथाम र नियन्त्रणका लागि पठाइएको हो ।

मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बैठकले प्रदेश आपुर्ति केन्द्र, बुटवलका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त बजेटबाट केन्द्रले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्टर किट्स्, पिपिई र कोभिड १९ परीक्षणका लागि आर एन ए एक्सटक्सन किट्स, रिएजेन्टस, केमीकल लगायतका सामग्री खरीद गर्न सक्नेछ । 

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका लागि २० लाख रुपैयाँ छुट्याएको छ । कोरोना संक्रमितको उपचार हुने तराईका जिल्ला नवलपरासी पश्चिमको पृथ्वीचन्द्र अस्पताल परासी, कपिलवस्तुको कपिलवस्तु अस्पताल तौलिहवा र बर्दियाको बर्दिया अस्पताल गुलरियाका लागि १५र१५ लाख गरी ४५ लाख रुपैयाँ छुट्याएको छ । प्रदेशका पहाडी ६ जिल्ला अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुमपश्चिमका एक–एक र पाल्पाका २ गरी ७ वटा अस्पताललाई १० लाखका दरले ७० लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै समुदायमा संक्रमण रोक्न गरिने कार्यका लागि १२ वटै स्वास्थ्य कार्यालयलाई ५ लाखका दरले ६० लाख रुपैयाँ छुट्याएको छ । प्रदेशमा रहेका ९ वटा आयुर्वेद चिकित्सालयका लागि १४ लाख रुपैयाँ पठाएको छ । उता कोरोना उपचार भइरहेको भीम अस्पताल भैरहवामा आइसोलेसन व्यवस्थापनमा १५ लाख र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू भवनको लिफ्ट र जेनेरेटर खरिदमा ५० लाख रुपैयाँ विनियोजन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।