image
image

सिद्धबाबा सुरुङ मार्ग बन्ने, सरकारद्वारा ग्लोबल टेन्डर आह्वान

काठमाडौँ, ९, आइतबार। सिद्धार्थ राजमार्ग अन्तरर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि टेण्डर भएको छ । सडक विभागले आइतबार सुरुङ खन्नका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो । ४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको सडक विभागले जानकारी दिएको छ । विभागका अनुसार स्वीस टिमले गरेको डिजाइनका आधारमा टेन्डर आह्वान भएको छ । जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ ।

सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट जाली रहन्छ । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्नेछ । सुरुङमार्गको लागि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको बजेट सीमा दिएको छ । त्यही सीमाभित्र रहेर सुरुङमार्ग बन्नेछ । सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण हो । तर त्यहाको भौगोलिक अवस्थाको अध्ययनले सुरुङमार्गको सम्भावनालाई पनि पुर्ण सफल मानेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।