प्रभु सेलेक्ट फण्डको आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, ९, आइतबार । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ ५ गतेदेखि बिक्री खुला गरेको हो ।प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको छ।
जारी गरिएको इकाईको १४ प्रतिशत हुन आउने एक करोड ४० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई छुट्टाइएको छ भने एक प्रतिशत हुन आउने १० लाख इकाई कोष व्यवस्थापकका रुपमा रहेको प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ ।