चीनको म्याराथनमा भाग लिने २१ को मृत्यु
काठमाडौँ, ९, आइतबार। उत्तरपश्चिम चीनमा खराब मौसमका कारण सयकिलोमिटर ‘क्रसकन्ट्री म्याराथन’मा भाग लिने २१ जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीले आइतबार यस विषयको जानकारी गराएका हुन् ।
गान्सु प्रान्तको पर्यटकीय स्थल ‘यलो रिभर स्टोन फरेस्ट’ दौडमा भाग लिन गएका धावकहरुले तीव्र हावा तथा हिउँको वर्षाको सामना गर्नुपरेको थियो। दौडमा १७२ जना सहभागी थिए। सरकारी मिडियाका अनुसार शनिबार बिहान मृत्यु हुनेको संख्या बढेर २१ पुगेको हो।