image
image

प्रदेश १ मा कोरोना भाइरसका कारण ७४६ जनाको मृत्य, ५० हजार संक्रमित

काठमाडौँ, ९, आइतबार । कोरोना भाइरस संक्रमणका कारण हालसम्म प्रदेश १ मा ७ सय ४६ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसका कारण सबै भन्दा बढी मोरङ जिल्लामा मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोभिड संक्रमणका कारण मोरङमा २२७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १९८, झापामा १८०, धनकुटामा १५, उदयपुरमा १४, इलाममा १३, संखुवासभामा ३ जनाको मृत्यु भएको छ । 

त्यस्तै तेह्रथुम र ताप्लेजुङमा ५ र ५ र पाँचथरमा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु भएका अन्य प्रदेशका ८४ जनाको मृत्यु भएको छ । अहिलेसम्म प्रदेश १ मा कोभिड संक्रमितको संख्या ५० हजार ४ सय ६४ पुगेको छ । त्यसमध्ये मोरङमा मात्रै १४ जिल्लामै सबैभन्दा बढी २१ हजार ९ सय ३४ जना रहेका छन् । संक्रमित बढी हुनेमा मोरङपछि दोस्रो स्थानमा रहेका सुनसरीमा १२ हजार ५ सय ११ जना रहेका छन् । 

यस्तै झापामा ९ हजार १ सय ७७, इलाममा ८३३, उदयपुरमा ८०३, संखुवासभामा ६७८, धनकुटामा ६६०, ताप्लेजुङमा ५ सय ८९, तेह्रथुममा ३०२, पाँचथरमा २५१, खोटाङमा २४२, भोजपुरमा २००, सोलुखुम्बुमा ९८ र ओखलढुंगामा ६४ जना संक्रमित फेला परेका छन् । यस्तै जिल्ला नखुलेका प्रदेश १ का अन्य २ हजार १ सय २६ जना पनि संक्रमित भएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।