image
image

 रोल्पामा आधुनिक हतियारको ठुलो परिमाणमा म्याग्जिन र गोली फेला

काठमाडौँ, ९, आइतबार । रोल्पामा आधुनिक हतियारको ठुलो परिमाणमा म्यागिजन र गोली बरामद गरिएको छ । त्रिवेणी गाउँपालिका–२ रामपुर गाउँ नजिकै बाँसघारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो । यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७।६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

हतियारका सामग्री रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहवनमा रहेको गुल्मको टोलीले सामग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

रोल्पामा पटक–पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ । गएको वर्ष असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको थियो । हतियार भेटिए पनि राजनीतिक दबाबका कारण प्रहरीले ती कुरा गोप्य राख्दै आएको छ । रोल्पाका गाउँमा हतियार भेटिएको भए पनि प्रहरीले गोप्य राख्दा दुर्घटनासमेत हुँदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीको गुनासो छ ।

‘गएको वर्ष त्रिवेणी गाउँपालिका–७ मा बेवारिसे बम विष्फोट हुँदा गोठालो गएका ४ बालकको अकालमा ज्यान गयो’ अध्यक्ष ओलीले भन्नुभयो ‘प्रहरीले कुनै जानकारी नगराउँदा यी हतियार कहाँबाट आएका हुन् र के कारणले ल्याइएका हुन् भन्ने आशङ्का उत्पन्न भएको छ ।’

उक्त स्थानमा हतियार रहेको गोप्य सूचना रोल्पास्थित बटुक दल गणले प्राप्त गरेपछि सेना हुँदै जिल्लाको सुरक्षा निकायसम्म खबर पुगेको थियो । सेनाका अनुसार दक्षिण रोल्पाको दहबनस्थित रहेको बटुक दलको गुल्मसम्म गोप्य सूचना आएको थियो । ‘हामी कहाँ सूचना आएको थियो । त्यहि आधारमा हामीले हतियार बरामद गरेका हौ,’ बटुक दलका गणपती अरुण श्रेष्ठले भने, ‘यो विषयमा थप अनुसन्धान हुँदैछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।