image
image

महामारीबीच बढायो अण्डाको खपत

काठमाडौँ । कोरोना महामारीको बीच पनि अन्डाको खपत बढेको छ । कुखुराको अण्डालाई कोभिड संक्रमित र नियमित खानेहरुले प्रोटिनको स्रोतका रूपमा उपभोग बढाएपछि मूल्य हालसम्मकै उच्च भएको हो ।


हाल अण्डाको फार्म रेट प्रतिक्रेट ३ सय ७०  रुपैयाँ तोकिएको छ। पहिले क्रेटमा १५ देखि २० रुपैयाँ बढ्ने-घट्ने भइरहेको थियो। अहिले भने मूल्य बढ्न थालेको छ। उक्त अण्डा उपभोक्तालाई भने प्रतिक्रेट ४ सय रुपैयाँभन्दा बढी पर्ने गरेको छ। यस अघि किसान मूल्य प्रतिक्रेट ३ सय ६५ रुपैयाँसम्म पुगेको थियो। त्यसपछि मूल्य घट्दै ३ सय ४५ रुपैयाँमा आइपुगेको अण्डाको मूल्य पुनः बढ्न थालेको हो।  

दानाको भाउ अत्यधिक वृद्धि र किसानहरुको उत्पादन मूल्य बढेपछि अण्डाको मूल्य उच्च भएको अण्डा उत्पादक संघले जनाएको छ। पहिले भन्दा अण्डाको उत्पादन करिब ४ लाख कम छ। अण्डाको माग भएर मूल्य बढेको संघका केन्द्रिय अध्यक्ष केसीले भने। 'बजारमा माग छ भनेर तत्काल उत्पादन बढाउन सकिँदैन। यस्तै अवस्था रहे केही समय यही हाराहारीमा मूल्य हुन्छ,' उनले भने। अवस्था सामान्य बन्दै जाँदा  माग घट्दै जाने जानकारी दिएका छन्। 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।