विदेशी नागरिकलाई पनि नागरिकता दिँदै युएई सरकार
एजेन्सी। संयुक्त अरब इमिरेट्स (युएई) ले विदेशी नागरिकलाई पनि नागरिकता दिने भएको छ । देशलाई विकासको यात्रामा अघि बढाउन विदेशी नागरिकलाई आकर्षित गर्नका लागि युएई सरकारले यस्तो कानून ल्याउन लागेको हो ।
यसका साथै खाडी मुलुकमा पनि बिदेशी नागरिकलाई नागरिकता प्रदान गर्न सकेमा नागरिकले अझै उत्कृष्ट कार्य गर्ने उनीहरुको भनाइ छ । यूएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतुमका अनुसार दुबई नागरिक बन्न सक्षम विदेशी व्यक्तिको सुचिमा लगानीकर्ता, चिकित्सक, ईन्जिनियर, कलाकारहरुलाई राखिएको छ ।
नागरिकता पाउन योग्य विदेशी तथा उनको परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्ने गरि यस्तो योजना बनाएको उनले बताए ।