महामारीबीच पनि टोकियो ओलम्पिकको तयारी तीब्र
काठमाडौँ । जापानको तोकियो ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भएपनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको शुक्रबार जानकारी दिएका हुन् ।
अघिल्लो वर्षका लागि तय गरिएको ओलम्पिक महामारीका कारण एक वर्ष पछाडि सारिएको भएपनि महामारी कायमै रहेपनि प्रतियोगिता सञ्चालन गर्नेगरी अहिले तयारी भइरहेको हो। प्रतियोगिताको सुरुवात हुन अब दुई महिना मात्रै बाँकी रहेको छ ।