image
image

मनाङमा अस्थायी कोभिड अस्पताल बन्दै

काठमाडौँ, ८, शनिबार । मनाङमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले अस्पतालको निर्माण गर्न थालेका छन् । मनाङको चामे गाउँपालिकाका ११ जनामा सङ्क्रमण देखिएपछि गाउँपालिकाले रु १५ लाखको लगानीमा १० शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ । 

विसं २०७२ को भूकम्पले जीर्ण भएको जिल्ला अस्पतालको पुरानो भवनमा पर्याप्त ठाउँ नहुँदा उपचारमा कठिनाइ झेल्दै आएका यहाँका सर्वसाधारणले अब भने सहज रुपमा  उपचार पाउने भएका छन् । प्रदेश सरकारको रु १९ करोड लगानीमा जिल्ला अस्पतालको नयाँ भवनको निर्माण कार्य भइरहेको हुँदा गाउँपालिकाले जिल्ला खेलकुदको कभर्ड हललाई अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार यस अस्पतालमा १० वटा आइसोलेसन कक्ष निर्माण गरिएको छ । सङ्क्रमितहरुको थप उपचारमा सहयोग गर्न रेडक्रससँग सहकार्य गरेर निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको उनले बताए । 

यस अस्पतालले एमडिजिडिपी गरेका डाक्टरको अभावमा थन्किएको सो भेन्टिलेटर र अक्सिजन सञ्चालनका लागि करारमा चिकित्सक नियुक्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ । चार स्थानीय तह रहेको यस जिल्लामा तीन पालिकामा केभिड अस्थायी  अस्पताल निर्माण भएपनि कर्मचारी अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् । 

 मनाङमा २० वटा अक्सिजन कन्सन्टेटर मेसिन, ठूलो सानो गरी २९ अक्सिजन सिलिन्डर रहेको छ भने हालसम्म ११ वटा खपत भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा हाल आठ वटा कन्सन्ट्रेटर र आठ ठूला सिलिन्डर रहेको छ भने पाँच वटा साना रहेका छन् । अस्पतालमा दुई वटा खपत हुने गरेको थियो भने बिरामी बढ्दै गएमा सबै उपयोग गर्न सकिने अवस्था रहेको छ । 

मनाङ हिमाली क्षेत्र भएकाले यहाँका प्रत्येक होटल तथा आधार शिविरमा अक्सिजन राख्ने गरिएको छ । यहाँ निकै उचाइ हुने भएकाले अक्सिजन कम भएको अवस्थामा उपयोग गर्न प्रायःजसो धेरैले अक्सिजनको व्यवस्थापन गरेका हुन्छन् । जिल्ला अस्पतालमा सात, चामेमा १०, मनाङ ङिस्याङमा १३, नार्फु गाउँपालिकामा पाँच र नासों गाउँपालिकामा १२ गरी कुल ४७ शय्याको आइसोलेशन रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।