अमेरिकाद्वारा सहयोग स्वास्थ्य सामग्री आज नेपाल आईपुग्दै
काठमाडौँ ।अमेरिकाले नेपाललाई सहयोग स्वरूप ठूलो परिमाणको स्वास्थ्य सामग्री पठाउने भएको छ । सो स्वास्थ्य सामग्री शनिबार नेपाल आइपुग्दै छ ।अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत नेपाल पठाएको यो हालसम्मकै ठूलो स्वास्थ्य सहयोग हो ।
कोरोना महामारीसँग जुधिरहेको नेपालका लागि यो सहयोग पठाइएको नियोगले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको छ ।