image
image

धौलागिरि हिमालबाट संकलित फोहोर हस्तान्तरण

धौलागिरि -‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत संकलन गरेको फोहोर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले अभ्नी भेन्चर्सलाई शुक्रबार हस्तान्तरण गरेका हुन्। 


जंगी अड्डामा आयोजित कार्यक्रमका बीच हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । फोहोर संकलनको क्रममा उक्त हिमालमा फेला परेको दुईवटा मानव अवशेष (कंकाल) आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बुझाइएको थियो ।

उक्त हिमालबाट संकलन गरिएको ५,०२० केजी फोहोरमध्ये सड्ने/कुहिने ३०० केजी फोहोर धौलागिरि गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने ४,७२० केजी फोहोर रिसाइकल गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर्स प्रालिलाई हस्तान्तरण गरिएको हो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।