image
image

सिमेन्ट उद्योगमा विदेशी लगानी थप्न राष्ट्र बैंकको सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगबाट रोजगारी सिर्जना गर्ने र अर्थतन्त्र बलियो बन्ने निष्कर्ष दिदै  विदेशी लगानीम थप सिमेन्ट उद्योग खोल्न दिँदा उपयुक्त हुने बताएको छ ।  बैंकले शुक्रबार एक अध्ययन सार्वजनिक गर्दै सिमेन्ट उद्योग थप्दा रोजगारी र व्यापार बढ्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंक गरेको एक अध्ययनले थप नयाँ सिमेन्ट उद्योग खोल्न दिँदा अर्थतन्त्र अझ बलियो बन्ने देखाएको छ । बैंकले शुक्रबार एक अध्ययन सार्वजनिक गर्दै सिमेन्ट उद्योग थप्दा रोजगारी र व्यापार बढ्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा भएका चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो मागलाई आन्तरिक रुपमा नै परिपूर्ति गर्नुपर्ने राष्ट्र बैंकको अध्ययनको निष्कर्ष छ । आयात प्रतिसथापन तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने राष्ट्र बैंक अध्ययनले देखाएको छ । 

यद्यपि राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले सिमेन्ट उद्योग सञ्चालनबाट  सामाजिक–आर्थिक पाटोमा व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना गर्नुका साथै उद्योग वरिपरिका जमिनको मूल्य वृद्धिका कारण ‘वेल्थ इफेक्ट’ लगायतका सकारात्मक प्रभावहरु परेको उल्लेख गरिएको छ । यद्यपि वातावरणीय प्रदूषण सम्वन्धी नकारात्मक असर भने परेको प्रतिवेदनमा देखाइएको छ ।

यस्तै सरकारी र निजी स्वामित्व रहेका उद्योगहरूको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरूको मुनाफा राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता बढी हुनुका साथै उत्पादन लागत न्यून भएको अध्ययनले देखाएको छ ।  
 
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।