सुर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा झा नियुक्त
काठमाडौँ, ७, शुक्रबार । सुर्या लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको जेठ ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक शेयर समूह तर्फ रित्त संचालक पदमा विवेक झालाई नियुक्त गरेको हो । झालाई जेठ ७ गतेदेखि लागू हुने गरी भि, जे इन्भष्टमेन्ट कम्पनी प्रालिको प्रतिनिधिको रुपमा सञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरिएको हो ।











